कैलालीमा आफन्तबाटै ३ वर्षे बालकको हत्या, प्रहरी भन्छ-घटना योजनाबद्ध – Nepal Press

कैलालीमा आफन्तबाटै ३ वर्षे बालकको हत्या, प्रहरी भन्छ-घटना योजनाबद्ध

कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ ब्लक ८ का तीन वर्षका बालकको उनकै दिदी नाता पर्नेबाट हत्या भएको खुलेको छ ।

दीलिप विष्टका ३ वर्षका छोरा विवेक विष्ट सोमबार बेपत्ता भएका थिए । बुधबार उनको शव भेटिएको थियो । दिदी नाता पर्ने पुनम विष्टले बालकको हत्या गरेको प्रहरीले जनाएको छ । रिसिइबीको कारण बालकको हत्या भएको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए ।

बिहीबार पत्रकार सम्मेलनमा कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा ती युवतीले जमरा कुलोमा धकेलेर विवेकको हत्या गरेको स्वीकारेको जानकारी दिए । प्रहरीका अनुसार ती युवतीले पारिवारिक रिसिइबीका कारण बालकको हत्या गरेकी हुन् । बालकलाई योजनाबद्ध ढंगले घरबाट लिएर गएको र कुलोमा धक्का दिएर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पुनम र उनकी साथीलाई पक्राउ गरेको छ । विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकाले उनलाई पनि पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

पक्राउ परेका दुईजनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर