नेपाल एयरलाइन्सले यसरी ल्याउँदैछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित) – Nepal Press

नेपाल एयरलाइन्सले यसरी ल्याउँदैछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित)

काठमाडौं । साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल आउने भएको छ । प्रधानमन्त्री परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार खोप ल्याउने अन्तिम तयारी भएको छ ।

सोहीअनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको सूचीअनुसार २३ जुलाई तारिखसम्म उडान तालिका तय गरिएको छ ।

चीनको सिनोफार्म कम्पनीसँग भएको सरकारको नन-डिस्क्लोजर अग्रिमेन्ट अनुसार खोप ल्याउन लागिएको जनाइएको छ । पहिलो खेप ल्याउन असार २४ गते वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर