अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघको लोगो डिजाइन प्रतिस्पर्धा आयोजना – Nepal Press

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघको लोगो डिजाइन प्रतिस्पर्धा आयोजना

के तपाई सिर्जनशील हुनुहुन्छ ? नयाँ सोच र शैलीलाई अपनाएर अगाडि बढ्ने सोचमा हुनुहुन्छ वा कुनै संस्था, कम्पनी या व्यवसायिक क्षेत्रका लोगोहरू सिर्जना गर्न या बनाउन निपुण हुनुहुन्छ ? क्षमता भएर पनि सहि अवसर पाइरहनुभएको छैन भने अब पिर नगर्नूस , तपाईंहरूको क्षमता, दक्षता र सिर्जनशीलताको प्रवासमा रहने नेपालीहरूले मूल्यांकन गर्ने भएका छन् ।

यिनै कुरालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघले लोगो डिजाइन प्रतिस्पर्धा आह्वान गरेको छ । मूलुक र प्रवासमा रहेका इच्छुकले प्रतिस्पर्धामा भाग लिन सक्ने भएका छन् । बिश्वभरीका नेपाली युवा उद्यमीलाई समेट्ने खालको लोगो हुनुपर्ने र सबै महादेशको प्रतिनिधित्वि हुनुपर्ने मापदण्ड राखिएको छ । साथै, प्रयोग हुने रङमा युवा उद्यमशिलता र नेपालको प्रतिनिधित्व झल्कनु पर्नेमा मापदण्ड पनि राखिएको छ ।

बनाएको लोगो [email protected] इमेलमा पठाउनुपर्ने छ भने लोगोमा Federation of International Nepali Youth Entrepreneurs (FINYE) को नाम उल्लेख हुनुपर्ने भएको छ । प्राप्त लोगोहरू मध्येबाट एक जना बिजेताको घोषणा जुलाई १५ मा गरिने जानकारी दिइएको छ । प्राप्त लोगो मध्ये उत्कृष्ट एक जनाको लोगोले सम्मान र पुरस्कारसहित पचास हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *