सरकारी पक्षको बहस सकियो, सभामुख पक्षको आइतबार हुने – Nepal Press

सरकारी पक्षको बहस सकियो, सभामुख पक्षको आइतबार हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको तर्फबाट बहस सकिएको छ ।

संवैधानिक इजलासले उपलब्ध गराएको १४ घण्टाको समयभित्र सरकारी पक्षबाट ११ जना सरकारी वकिल र २१ जना नीजि कानूनव्यवसायीले बहस गरेका छन् ।

सरकारी पक्षको बहस सकिएसँगै न्यायाधीश ईश्वर खतिवडाले मुद्दाको एउटा कोर्स सकिएको भन्दै अब सभामुख पक्षले बहस गर्ने, त्यसपछि क्रमश: प्रत्युत्तर र एमिकस क्यूरीको राय सुनिने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजलाई सुनुवाइ सकिएको भन्दै आइतबार सभामुख पक्षबाट बहस सुरू हुने बताए । सभामुख पक्षलाई आफूलाई दिइएको समय अपुग हुने बताएपछि २ घण्टा समय दिइएको छ । यसअघि सो पक्षलाई १ घण्टा छुट्याइएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना र धारा ७६ (५) को प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न मागदावी गर्दै परेको रिटमा निवेदक पक्षबाट ३६ जनाले बहस गरेका थिए । संवैधानिक इजलासले गरेको व्यवस्थापन अनुसार अब आइतबार सभामुख पक्षले २ घण्टा , त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टा र राय दिन एमिकस क्यूरीले २ घण्टाको समय पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर