डीआईजीपी थापा एआईजीपी बढुवाका लागि सिफारिस – Nepal Press

डीआईजीपी थापा एआईजीपी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले उनलाई बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

योसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि एआईजीपी विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । थापा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआइजीपीमा बढुवा भएपछि १ वर्षभन्दा बढी समयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । केही दिनअघि मात्र उनको सीआइबीबाट प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएकाे थियाे ।

पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले ८ महिनाअघि कात्तिक २७ गते एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो । फेरी अहिले १५ महिनापछि थापालाई पनि एउटा दरबन्दी थपेर एआइजीपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

यसअघि बढुवा भएका पोखरेलको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले  बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए पनि सरकारले वेवास्ता गर्दै पोखरेललाई एआईजीमा बढुवा गरेको थियो । हालका आईजीपी शैलेश थापा क्षेत्रीले २०७९ वैशाख १९ गते वकाश पाउनेछन् । त्यसपछि पोखरेल र थापामध्ये एकजना आइजीपी बन्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर