झलनाथको स्वास्थ्य सुध्रदैँ, अक्सिजन सपोर्ट हटाइयो – Nepal Press

झलनाथको स्वास्थ्य सुध्रदैँ, अक्सिजन सपोर्ट हटाइयो

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको जानकारी दिएका छन् । ‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अहिले अक्सीजन सपोर्ट निकालेर उपचार थालिएको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भनेका छन् ।

आफूले पूर्वप्रधानमन्त्री खनालसंग प्रत्यक्ष भिडियो कुराकानी गरेको भन्दै उनले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर