रेखा थापाको प्रश्न : राप्रपा रिटायर्डहरुको सरोकार समूहमात्रै हो ? – Nepal Press

रेखा थापाको प्रश्न : राप्रपा रिटायर्डहरुको सरोकार समूहमात्रै हो ?

काठमाडौं । राप्रपाको केन्द्रीय विशेष समिति गठनप्रति नायिक तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापाले असन्तुष्टि जनाएकी छन् । उनले महिला प्रतिनिधित्व लगभग शुन्य रहेको र युवा सहभागिता समेत नरहेको विशेष समिति गठनप्रति व्यंग गर्दै कुन चाहिँ राप्रपा हामी सबैको हो ? भन्दै प्रश्न उठाएकी छन् ।

थापाले शुक्रवार गठित समितिप्रति असहमति जनाउँदै शनिवार सामाजिक सन्जालबाट आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । उनले राप्रपालाई रिटायर्डहरुको सरोकार समूहमात्र हो ? भन्दै प्रश्न गरेकी छन् ।

थापाले भनेकी छन् : कुन चाँही राप्रपा बैकल्पिक शक्ती बन्ने हो ? कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाँही राप्रपा उदाउँदो राप्रपा हो ? कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाँही राप्रपा व्यबहारमा बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?

रेखाले महिलालाई बहिष्करण गरेको, मजदुर किसान र युवासँग डराएको तथा विरासतको रुपमा राजनीतिलाई कोठामा सीमित गरेको बताएकी छन् । उनले जनप्रि मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गरेको आरोप समेत लगाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर