आज पनि देशैभर पानी पर्ने, सजग रहन आग्रह – Nepal Press

आज पनि देशैभर पानी पर्ने, सजग रहन आग्रह

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाले देशैभर क्षति गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर भारी वर्षा हुनसक्ने भएकाले नदी आसपासका क्षेत्रमा सजग रहन आग्रह गरेको छ ।

महाशाखाको पछिल्लो बुलेटिनअनुसार बुधबार बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा र केहि स्थानमा धेरै भारी वर्षाको अनुमान गरेको छ । आज राती पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केहि क्षेत्रमा धेरै भारी वर्षा हुनेछ ।

पहाडमा नदीको सतह बढ्दा तराईमा डुवानको जोखिम पनि उत्तिकै बढेको छ । महाशाखाले शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको र बाढी, पहिराे र गेग्रान बहाबकाे जाेखिम रहेकाे जनाएकाे छ ।

हिजो साँझ सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो गएपछि थुनिएको मेलम्ची नदीले तल्लो तटीय क्षत्रमा ठूलो क्षति गरेको छ । मेलम्चीको बाढीले कम्तिमा ५० जना बेपत्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर