जोकोभिचले जिते १९औं ग्रान्डस्लाम: दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन – Nepal Press

जोकोभिचले जिते १९औं ग्रान्डस्लाम: दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले करियरको १९औं ग्रान्डस्लाम जितेका छन् । आइतबार भएको फ्रेन्च ओपनको फाइनलमा ग्रीक खेलाडी स्टेफानो सित्सिपसलाई ६-७ (६-८), २-६, ६-३, ६-२, ६-४ को नतिजामा पराजित गरेसँगै ३४ वर्षीय जोकोभिचले करियरको १९औं ग्रान्डस्लाम उपाधि सुनिश्चित गरेका हुन् ।

सेमिफाइनलमा १३ पटकका च्याम्पियन राफेल नाडाललाई पराजित गरेका जोकोभिच दोस्रो पटक रोलान्ड गारोस च्याम्पियन बनेका हुन् ।

यसअघि उनले २०१६ मा पहिलो पटक फ्रेन्च ओपनको उपाधि उचालेका थिए । जोकोभिचले २ पटक फ्रेन्च ओपन, ९ पटक अस्ट्रेलियन ओपन, ५ पटक विम्बल्डन र २ पटक युएस ओपन जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर