महेश बस्नेत भन्छन्ः म जहाँ छु त्यहीँ रहनेछु, पद नपाउँदैमा विचलित हुन्न – Nepal Press

महेश बस्नेत भन्छन्ः म जहाँ छु त्यहीँ रहनेछु, पद नपाउँदैमा विचलित हुन्न

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुअघि महेश बस्नेतको नाम निकै चर्चामा थियो । उनलाई ओलीले गृहमन्त्री दिनलागेको भनेर केही मिडियाले समाचारसमेत लेखे ।

तर, प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । बस्नेतले मन्त्रिपरिषद्मा स्थान पाएनन् । त्यसपछि फेरि अर्को चर्चा सुरु भएको छ, मन्त्री नपाएपछि बस्नेत असन्तुष्ट भन्नेदेखि गुट फेर्ने तयारी भन्ने सम्मका ।

बस्नेत स्वयम्ले भने यी चर्चाहरुलाई खारेज गरिदिएका छन् । मन्त्रिपरिषद्  विस्तारलगत्तै फेसबुकमा स्टाटस लेख्दै उनले पद नपाउँदैमा विचलित हुने आफ्नो स्वभाव नरहेको उनले बताएका छन् ।

‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्तो भ्रममा कोही नपरौ । म जहाँ छु त्यहीँ रहनेछु र म जे छु त्यही छु । पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अबसरबादी चरित्र छैन र हुने पनि छैन ।’ उनले लेखेका छनु ।
आफू अझै जोस, जाँगर र उर्जाका साथ लाग्ने बस्नेतको भनाइ छ ।

उनी लेख्छन्, ‘मेरो राजनीतिक जीवनमा मैले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुने नै छ । पटक–पटक अग्निपरिक्षामा होमिन तयार छु ।

आफ्नो राजनीतिक जीवनमा कहिल्यै पद प्राप्तिलाई ठुलो बिषय नबनाएको महेशको दावी छ । पार्टी नीति नेतृत्व र निर्देशन पालना गरेर अगाडि बढेको उनी बताउँछन् ।

‘पटक–पटकको मन्त्रीमण्डल पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरो बिरोधि साथीहरुलाई म झन् धेरै धन्यवाद दिन चाहन्छु, जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु ।’


प्रतिक्रिया

One thought on “महेश बस्नेत भन्छन्ः म जहाँ छु त्यहीँ रहनेछु, पद नपाउँदैमा विचलित हुन्न

  1. एमालेमा पार्टी र नेतृत्व प्रति इमान्दार नेता कोही छ भने त्यो महेश बस्नेतनै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर