पश्चिम नवलपरासीमा जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा – Nepal Press

पश्चिम नवलपरासीमा जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा

रुपन्देही । पश्चिम नवलपरासीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जेठ २२ गते राती १२ बजेदेखि जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।
थप गरिएको निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाले भौतिक दुरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्दे आधा कर्मचारीबाट विहान १० देखि दिउँसो १ बजेसम्म खुल्ने भएका छन् ।

यस्तै तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा/मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु मात्र विहान ५ देखि ९ बजेसम्म खोल्न पाइने निर्णय भएको छ ।
शहरी क्षेत्रमा निर्माण सामग्री बोकेका सवारी साधानहरु साँझ ७ देखि विहान ५ बजेसम्म सञ्चालन गर्ने पाइने भएको छ । तर निजि तथा सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न नपाइने जनाइएको छ ।

यस्तै महेशपुर भन्सार नाका प्रयोग गरि आउने मालवाहक सावरी साधनहरुलाई स्वास्थ्य मापदण्ड प्रयोग गरे वा नगरेको चेकजाँच गरी मात्र प्रवेश दिइने भएको छ । भन्सार जाँचपास र स्वास्थ्य मापदण्ड पुरा गरेका सावारी साधनलाई राती ९ बजे पछि मात्र भन्सारबाट आवतजावत गर्न दिइने प्रशासनले जनाएको छ ।

अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी, इन्धन, पानी मात्र विक्रि गर्ने तथा स्वास्थ्य सामाग्री विक्री वितरण गर्ने पसल व्यवसायबाहेक कुनैपनि पसल व्यवसाय सञ्चालन नगर्न भनिएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोनाभाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको थियो । यसअघि गत बैशाख ३१ देखि जेठ १५ सम्म दोश्रो पटकका लागि निषेधाज्ञा थप गरिएको थियो । यस्तै गत जेठ १५ देखि २२ गतेसम्मका लागि तेश्रो पटकका लागि निषेधाज्ञा थप गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर