त्रिवेणी देवघाटदेखि दासढुंगासम्म मदन–आश्रित जलमार्गलाई बजेट विनियोजन – Nepal Press

त्रिवेणी देवघाटदेखि दासढुंगासम्म मदन–आश्रित जलमार्गलाई बजेट विनियोजन

काठमाडौं । सरकारले त्रिवेणी देवघाटदेखि दासढुंगासम्म मदन–आश्रित जलमार्गलाई बजेट विनियोजन गरेकाे छ । नारायणी नदीको त्रिवेणी देवघाट दासढुंगा खण्डलाई मदन आश्रित जलमार्ग नामाकरण  गर्दै  बजेट विनियाेजन गरेकाे हाे ।

आर्थिक वर्ष २०७८-०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले नारायणी नदीको त्रिवेणी देवघाट दासढुंगा खण्डको नाम मदन आश्रित जलमार्ग नामाकरण गरिएको घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षदेखि कर्णाली, कोशी र नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम विनियोजना गरिएको अर्थमन्त्री पौडेलले घोषणा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर