सर्वोच्च अदालतमा देउवाको पक्षमा २४ र ओलीको पक्षमा ४ वटा रिट दर्ता – Nepal Press

सर्वोच्च अदालतमा देउवाको पक्षमा २४ र ओलीको पक्षमा ४ वटा रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा सोमबार एकै दिन एउटै विषयमा २८ वटा रिट निवेदन दर्ता भएका छन् ।

संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको पक्षमा रिट दायर भएका हुन् ।

त्यस्तै प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्ने र निर्वाचन समयमै गर्नुपर्ने दुवै खाले रिट अदालतमा दर्ता भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

अदालतमा शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदको तर्फबाट रिट दायर भएको छ । जसमा विघटन बदर, चुनाव रोक्न अन्तरिम आदेश र देउवालाई परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।

१४६ मध्ये विघटित संसदका १३९ जना सांसदले आफैं उपस्थित भएर रिटमा सनाखत गरेका छन् भने ६ जनाले वारेस पठाएका थिए । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै २४ वटा रिट परेको पौडेलले बताएका छन् ।

त्यस्तै प्रतिनिधिसभा विघटन संवैधानिक रहेको र समयमै निर्वाचन हुनुपर्ने माग दावी सहित अधिवक्ता कृष्ण भण्डारी लगायत ४ जनाको रिट परेको छ । रिट निवेदकले केपी ओलीलाई नै संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग पनि राखेका छन् ।


प्रतिक्रिया

2 thoughts on “सर्वोच्च अदालतमा देउवाको पक्षमा २४ र ओलीको पक्षमा ४ वटा रिट दर्ता

  1. यसो हेर्दा सर्वोच्चले संसद विघटन उल्टाएर शेबदेलाई २ दिनको समय दिने सम्भावना पनि देखियो है। एमाले र जसपाको सांसदहरु कारवाहीमा परेपछि कसको हस्ताक्षर लिएर जाने होला फेरि ? आफ्नै पार्टीको नेताहरूले उक्साएर शेबदेलाई अलोकप्रिय बनाउने काम भैरहेको छ।

  2. सर्वाेच्चले संसद पुर्स्थापना गरेर शेरबहादुरलाइ नै प्रधानमन्त्री बनाएमा देशले एउटा काम नलाग्ने प्रधानमन्त्री पाउनेछ । याे सत्य हाे कि अहिलेकाे परिस्थितिमा केपी अाेली बाहेक अर्काे राम्राे प्रधानमन्त्री अरु काेही छैन भन्दा अतिसयाेक्ति नहाेला । अरु पनि हाेलान् तर जति सुकै तानाशाही वा एकलाैटी काम गरे पनि देश र जनताले खाेजकाे नेता चै अाेली हुन् ।

Leave a Reply to अनुश Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर