कांग्रेसको असन्तुष्टिपछि ३ मध्ये माओवादीका २ मन्त्रीलाई मात्र सपथ – Nepal Press

कांग्रेसको असन्तुष्टिपछि ३ मध्ये माओवादीका २ मन्त्रीलाई मात्र सपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिनअघि मा‌ओवादीका तीन मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार नेपाली कांग्रेसको असन्तुष्टिपछि विन्दमान विष्टलाई सपथ नगराई फिर्ता गरिएको छ ।

तर सत्ता साझेदार नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि विष्टलाई मन्त्रीबाट ब्याक गरिएको थियो । मन्त्रिमण्डल विस्तारमा भने अहिले कांग्रेसको सहभागी गराइएको छैन । नेपाली कांग्रेसले माओवादी केन्द्रसँग वार्गेनिङ गरेर दुई मन्त्रालय पाए पनि मन्त्री छान्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर