बादल र सूर्य चिन्हको पक्षमा उभिन जनप्रतिनिधिलाई काभ्रे एमालेको ह्वीप – Nepal Press

बादल र सूर्य चिन्हको पक्षमा उभिन जनप्रतिनिधिलाई काभ्रे एमालेको ह्वीप

काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ ।

जिल्ला अध्यक्ष अशोक व्याञ्जुले माधव नेपाल पक्षका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईलाई गरेको लिखित पत्र सार्वजनिक भएको छ ।

जसमा जेठ ३ गतेसम्म कोरोना परीक्षण रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौडा पुगेर बादलको पक्षमा मतदान गर्न भनिएको छ ।

माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । यता एमालेमा विवाद समाधानको प्रयास अघि बढेका बेला अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा मतदान गर्न माधव पक्षका जनप्रतिनिधिलाई दबाब बढेको छ ।

काभ्रेमा दुईजना प्रदेशसभा सदस्य, एकजना मेयर र एकजना उपमेयर माधव नेपाल पक्षका छन् । मतदाता रहेका सबै जनप्रतिनिधिलाई पार्टीको पक्षमा उभिन आग्रह गरिएको जिल्ला अध्यक्ष व्यान्जुले बताए ।

उनी आफैं पनि धुलिखेल नगरपालिकाका मेयर हुन् । व्यान्जुले कुनै प्रचारबाजीमा वा भ्रममा नपरी पार्टीका उम्मेदवारको पक्षमा खडा हुनु जनप्रतिनिधिको दायित्व रहेको बताए । नत्र पार्टीले अनुशासनको कारवाही गर्ने उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर