कोरोना संक्रमित न्यायाधीश श्रेष्ठको टेकु अस्पतालमा निधन – Nepal Press

कोरोना संक्रमित न्यायाधीश श्रेष्ठको टेकु अस्पतालमा निधन

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले नेपालप्रेसलाई जानकारी दिए ।

श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट न्यायपालिकाका कर्मचारीहरु ठूलो संख्यामा संक्रमित भए पनि न्यायाधीशको निधन भएको पहिलो घटना हो । स्वर्गीय श्रेष्ठका श्रीमती र एक छोरा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर