जसपाका पदमुक्त दुई सांसद पुनः मन्त्री पदमा नियुक्त – Nepal Press

जसपाका पदमुक्त दुई सांसद पुनः मन्त्री पदमा नियुक्त

रूपन्देही । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्ताेष पाण्डे र बिजयबहादुर यादव पुनः मन्त्री भएका छन् ।
मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बाँकेका बिजय बहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।
पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएकाे भाैतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर