निषेधाज्ञाबीच कारोबारको पहिलो दिन ५४ अंकले बढ्यो नेप्से – Nepal Press

निषेधाज्ञाबीच कारोबारको पहिलो दिन ५४ अंकले बढ्यो नेप्से

काठमाडौं । निषेधाज्ञाका बीच कारोबारको पहिलो दिन आज ५४ अंकले नेप्से बढेको छ । आज नेप्से २ दशमलव ७ प्रतिशतले बढेर २ हजार ६ सय ६५ दशमलव ११ विन्दुमा रोकिएको छ । कारोबार रकम पनि बढेर ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबर भएको छ । प्रि ओपन समयदेखिनै बढेको नेप्सेमा पाँच ओटा कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो ।

उच्च प्रतिफल कमाउने कम्पनीमा विशाल बजार, महिला लघुवित्त, सिंगटी हाइड्रो, सिनर्जी पावर, सानिमा जनरल इन्स्योरेन्स रहेका छन् । यसैगरी, एनसीसी बैंकको कारोबार सबैभन्दा धेरै ४२ करोड रुपैयाँ बराबरको भएको छ ।

आज सबै समूहको उपसूचक हरियो भएका छन् । सरकारले निषेधाज्ञा गरेपनि अनलाइनमार्फत् नै शेयर कारोबार गर्न सकिने भएकाले पछिल्लो समय शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर