नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने एसियाली विकास बैंकको प्रक्षेपण – Nepal Press

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने एसियाली विकास बैंकको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंकले ‘एसियाली विकास परिदृष्य’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्ष कोभिडको असर केही सुधार भएपनि कोभिडको दोस्रो लहरका कारण सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार कृषि उत्पादन २.४ प्रतिशत, औद्योगिक क्षेत्र २.५ प्रतिशत र सेवा क्षेत्र ३.४ प्रतिशतले बढ्ने अनुमान छ ।

मेलम्ची आयोजना पूरा भएको र माथिल्लो तामाकोशीको प्रारम्भिक चरणको उत्पादनले आर्थिक वृद्धिमा टेवा पुर्‍याउने अनुमान गरिएको छ । त्यस्तै पछिल्ला ८ महिनामा आर्थिक गतिविधिमा आएको सुधारले पनि उक्त वृद्धिदर हासिल हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण गत वर्ष नेपालको आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर