सेयर बजार परिसुचक नेप्सेमा ९२ अंकको छलाङ – Nepal Press

सेयर बजार परिसुचक नेप्सेमा ९२ अंकको छलाङ

काठमाडौं । मंगलबार सेयर बजार परिसुचक नेप्सेमा एकैदिन ९२.४६ अंकले बढेर २५९९.०७ अंकको बिन्दुमा पुगेको छ । २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता सेयर किनवेच भएको नेप्सेमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसुचक समेत ३.२ अंकले बढ्दै ४६७.२८ अंकको बिन्दुमा पुगेको छ । समूहगत परिसुचक तर्फ सबै सुचाङ्कहरु बढेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको कारोबार ५५८.६३ अंक र दोस्रोमा नीर्जीवन बीमा समूहको कारोबार ६४३.२७ अंकले बढेको छ । त्यस्तै उत्पादन समूहमा २३९.०३ अंक, लघुवित्त समूहमा २३७.८५ अंक र जलविद्युत समूहमा १५३.०८ अंक सहित उच्च अंकले बढेको छ ।

त्यस्तै बाँकी अन्य समूहका कम्पनीको सुचाङ्क पनि दोहोरो अंकले बढेको छ । माथिल्लो तामाकोशीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किटब्रेक लागेको छ ।

त्यस्तै बुटवल पावर कम्पनी, महिना लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी, समिट लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीको शेयर मूल्य पनि सकारात्मक सर्किटब्रेक नजिक रहेका छन् । २३ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार गरेको माथिल्लो तामाकोशी सबैभन्दा बढी कारोबार गर्ने कम्पनी बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर