अत्यावश्यक बाहेकका गाडीलाई काठमाडौं आउन रोक – Nepal Press

अत्यावश्यक बाहेकका गाडीलाई काठमाडौं आउन रोक

काठमाडौं । उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सवारी साधनलाई निषेधाज्ञा अवधीभर काठमाडौं छिर्न रोक लगाएका छन् ।

तीनैवटा जिल्ला प्रशासनद्वारा जारी सूचनामा बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म बाहिर जिल्लाबाट काठमाडौं छिर्न रोक लगाइएको हो ।

अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा आउन प्रतिवन्ध लगाउने निर्णय समेत आदेशमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर