कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’, सवारीसाधनमा सञ्चालनमा जोरविजोर प्रणाली – Nepal Press

कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’, सवारीसाधनमा सञ्चालनमा जोरविजोर प्रणाली

कैलाली । कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’ हुने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाउने गरी नाइट लकडाउन’ गर्ने निर्णय भएको छ ।

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सोमबार रातिदेखि लागू हुने गरी यस्तो निर्णय भएको हो ।

दुवै जिल्लामा संक्रमण दर बढ्न थालेपछि ‘नाइट लकडाउन’ गर्ने निर्णय गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

संक्रमण नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो’ उनले भने ‘अझै संक्रमण फैलिँदै गए कडा लकडाउन हुन सक्छ ।’

यस्तै दुवै जिल्लामा भोलिदेखि सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने पनि निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर