ओली-नेपाल वार्ताको यो दृष्यः उघ्रेला नयाँ सम्भावनाको क्षितिज ? – Nepal Press

ओली-नेपाल वार्ताको यो दृष्यः उघ्रेला नयाँ सम्भावनाको क्षितिज ?

काठमाडौं । यतिबेला देशभरका एमाले नेता-कार्यकता तथा शुभचिन्तकको ध्यान नागपोखरीस्थित म्यारियट होटलमा छ, जहाँ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल एक्लाएक्लै वार्तारत छन् । एमालेलाई एकतावद्ध राख्न यो वार्ता निर्णायक हुने मानिएको छ ।

वार्ता जारी रहँदा सार्वजनिक भएको एउटा तस्बिरले धेरै एमालेजनको मनमा आशा जगाउन सक्छ । तस्बिरमा दुवै नेताहरु कोठाको झ्यालबाट काठमाडौंको क्षितिज नियालिरहेका देखिएका छन् । यही तस्बिरबाट पनि उनीहरुबीचको वार्ता शान्त र सौहार्दपूर्ण रहेको संकेत मिल्छ ।

तस्बिरको पृष्ठभूमिमा खुलेको आकाश र उज्यालो घाम देखिएको छ । तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले मेरियट होटलको भेटघाट कक्षबाट झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको दृष्यावलोकन गरिरहेको उल्लेख गरेका छन् ।

के यो दृष्यझैं एमालेमा फेरि एकताको नयाँ क्षितिज उघ्रेला ? के पुननिर्मित धरहरा झैं एमाले भत्किन आँटेको एमालेको पुननिर्माण होला ? देशभरका समर्थक-शुभचिन्तकको चासो र अपेक्षा अहिले यही हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर