स्टार्टअप कम्पनी सञ्चालनको लागि आवेदन माग, यसरी गर्न सकिन्छ आवेदन – Nepal Press

स्टार्टअप कम्पनी सञ्चालनको लागि आवेदन माग, यसरी गर्न सकिन्छ आवेदन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप व्यवसायमा आवद्ध हुन उद्यमीहरुलाई आव्हान गरेको छ । महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार आवद्ध हुन इच्छुक व्यवसायी (स्टार्टअप)हरूसंग आवेदन माग गरेको हो ।

इच्छुक उद्यमीहरुले कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवाका लागि महासंघको वेभसाइट मार्फत आवेदन दिन सक्ने छन । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायी सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्ने महासंघले जनाएको छ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना–स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।

स्टार्टअप व्यवसाय संचलनका लागि एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्टेशनहरू, प्यान–भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक–संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक कागजातहरु संलग्न हुनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर