प्रधानमन्त्री-विप्लव भेटवार्ता : बन्दी रिहाइबारे प्रक्रिया शुरू भइसकेको प्रधानमन्त्रीको जवाफ – Nepal Press

प्रधानमन्त्री-विप्लव भेटवार्ता : बन्दी रिहाइबारे प्रक्रिया शुरू भइसकेको प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा विप्लवले तीन बुँदे सहमतिमा उल्लेखित बन्दी रिहाइबारे जिज्ञासा राखेका थिए ।

नेकपाका केन्द्रीय सदस्य एवम् वार्ता टोलीका सदस्य उदयबहादुर चालाउनले बन्दी रिहाइ र तीन बुँदे सहतिको कार्यान्वयनबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताए ।

दिउँसो १२ बजे भएको भेटावर्तामा विप्लवसहित खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

२१ फागुनमा भएको सहमति अनुसार बन्दी रिहाइ कार्यान्वयन शुरू भइसकेको र प्रक्रिया अनुसार केही समय लाग्ने प्रधानमन्त्रीले जानकारी दिएको चलाउनेले बताए । उनले आफ्ना एक सय ४८ जना नेता/कार्यकर्ता अझै जेलमै रहेको बताएका छन् ।

प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाँइले पनि प्रधानमन्त्री-विप्लव भेटमा बन्दी रिहाइ र समसामयिक राजनीतिक परिवेशमा छलफल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर