प्रदेश १ सभा बैठक अनिश्‍चितकालीन स्थगित – Nepal Press

प्रदेश १ सभा बैठक अनिश्‍चितकालीन स्थगित

विराटनगर । प्रदेश १ सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भोलि (सोमबार) साढे १२ बजेका लागि तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिव गोपालप्रसाद पराजुलीले सभामुखको आदेश अनुसार विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको सूचनामार्फत जनाएका छन् । यसअघि फागुन २० गते डाकिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर भोलिका लागि सारिएको थियो ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबुल भइसकेको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलापछि अविश्वासको प्रस्ताव के हुने भन्ने चासो र चर्चाको थप विषय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर