सुवास नेम्वाङको दाबी- सरकार खतरामा छैन (भिडियो) – Nepal Press

सुवास नेम्वाङको दाबी- सरकार खतरामा छैन (भिडियो)

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले बहुमत गुमाउने खतरा नरहेको बताएका छन् ।

संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वसभामुख समेत रहेका नेता नेम्वाङले सरकारलाई दिएको समर्थन कसैले फिर्ता नलिएको बताए ।

‘प्रचण्डजीले नेतृत्व गरेको नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको अवस्थामा सरकारलाई कुनै समस्या छैन । संसदमा बहुमत सिद्ध गर्नैपर्‍यो भने अन्य दलहरूसँग छलफल गर्छौं’, नेम्वाङले भने ।

उनले जसपाले राखेका माग पूरा गर्ने विषयमा छलफल भइरहेको र चाँडै परिणाम आउने विश्वास गरे । ‘जसपाले राखेका मागहरू पूरा गर्न सरकार सकारात्मक छ । यसबारेमा छलफल भइरहेको छ’, नेम्वाङले भने ।

उनले सर्वोच्च अदालतको आदेश आफूहरुले स्वीकार गरेको भन्दै नेकपा एमालेभित्र सबैलाई सम्मान मिल्ने बताए । माधव-झलनाथलगायतका नेताहरूबारे सोधिएको प्रश्नमा नेम्वाङले भने, ‘नेकपा एमालेमा उहाँहरूलाई सम्मानजनक व्यवहार हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर