नेपाली चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र लिफ्ट कम्पनीद्वारा प्रतिबन्ध – Nepal Press

नेपाली चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र लिफ्ट कम्पनीद्वारा प्रतिबन्ध

अमेरिका- मास्क लगाउन आग्रह गर्दा नेपाली उबर चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र अर्को राइडिङ सेवा प्रदायक लिफ्ट कम्पनीले आजीवन सेवा लिन प्रतिबन्ध लगाएका छन् ।

अमेरिकी मिडियाका अनुसार नाम नखुलेकी युवतीले ३२ वर्षीय नेपाली चालक शुभाकर खड्कालाई गाडीभित्रै अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेकी थिइन् । उनले मास्क च्यातिदिंदै खड्काकाे मोबाइल समेत फ्याँकेकी थिइन् ।

उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । अमेरिकी मिडियाले समेत उक्त भिडियोमा आधारित रहेर प्रमुखताका साथ समाचार प्रकाशन गरेका थिए ।

उबरको राइड पोलिसी अन्तर्गत मास्क लगाएरै यात्रुलाई सेवा दिनुपर्ने नियम अन्तर्गत खड्काले तीन महिला यात्रुलाई मास्क लगाउन आग्रह गरेका थिए । तर, तीमध्ये एक युवतीले चाहिं अपशब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएकी थिइन् ।

ती युवती पर्सियन भएको र वास्तविक नाम नखुलेको जनाइएको छ । घटनापछि ती युवतीले इन्स्टाग्राम एकाउन्ट ब्लक गरेकी छिन् । भिडियो भाइरल भएपछि उबरले ती युवतीलाई सेवा लिनबाट प्रतिबन्ध लगाएको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *