महिलालाई हेयको भावले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ: राष्ट्रपति – Nepal Press

महिलालाई हेयको भावले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताएकी छन् ।

सोमबार १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलालाई हेय भावले हेर्ने असमानताको दृष्टिकोणलाई परिवर्तन गर्नको लागि चेतनामुलक कार्यक्रम र समाजको मनोविज्ञान परिवर्तन गर्ने गरी संघर्ष गर्नुपर्ने बताएकी हुन् ।

उनले सभ्य र लैंगिक समानतामुलक समाज निर्माणका लागि अग्रसर हुन समाजका सबै पक्षहरुलाई ध्यानाकर्षण गराइन् । आर्थिक समानता बिना सामाजिक र सांस्कृतिक विभेदको अन्त्य नुहुने भन्दै राष्ट्रपति भण्डारीले न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

राष्ट्रपति भण्डारीले भनिन्,‘आर्थिक समानता बिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन । यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकतामा पनि म यो समारोहमा जोड दिन चाहान्छु ।

उनले नेपाल सरकार, संसद र संसदमा प्रतिनिधित्व गर्ने दल लगायत समाजको माथिल्लो तप्का लैंगिकमैत्री र समानताको दृष्टिकोण स्पष्ट भएको बताइन् ।

उनले थपिन्, ‘हामीले अंगिकार गरेका नीतिहरु कार्यान्वयन गर्नमा केही समस्या र अवरोधहरु देखिएको छ । यो समाजको मनोविज्ञान होला भन्नेजस्तो मलाई लाग्दछ । महिलालाई हेय भावले हेर्ने र असमानताको दृष्टिकोण छ, यसलाई परिवर्तन गर्न चेतनामुलक कार्यक्रम र समाजको मनोविज्ञान परिवर्तन गर्नेगरी हामीले संघर्ष गर्नुपर्ने हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर