आउँदा आउँदै झलनाथको टिप्पणी- ओलीले पञ्चभेला गर्दै हिंडेका छन् (भिडियो) – Nepal Press

आउँदा आउँदै झलनाथको टिप्पणी- ओलीले पञ्चभेला गर्दै हिंडेका छन् (भिडियो)

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिंडेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै खनालले देशभर पञ्चभेला गरेको बताए ।

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिंडेको बताए ।

भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर