शेरधनलाई भीम आचार्यको चुनौती- ताकत भए प्रदेशसभा भंग गरेर देखाऊ – Nepal Press

शेरधनलाई भीम आचार्यको चुनौती- ताकत भए प्रदेशसभा भंग गरेर देखाऊ

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रदेश १ का मुख्यमन्त्री दाबेदार नेता भीम आचार्यले हिम्मत भए प्रदेशसभा भंग गरेर देखाउन शेरधन राईलाई चुनौती दिएका छन् ।

मुख्यमन्त्री राईले अविश्वास प्रस्तावबाट डराएर प्रदेशसभा भंग हुन सक्ने धम्की दिएको भन्दै आचार्यले त्यो ताकत र अधिकार राईसँग नरहेको बताए ।

काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै आचार्यले अविश्वास प्रस्तावबाट डराएर भागेर ओली पक्षले धम्क्याउने काम गरिरहेको बताए । उनले अल्पमतमा परिसकेका मुख्यमन्त्री राई अब धेरै दिन भाग्न नसक्ने टिप्पणी गरे ।

आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर प्रचण्ड माधव पक्षले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ । तर राईले नेकपा कानूनी रुपमा विभाजित नभएको भन्दै अविश्वास प्रस्तावको वैधतामाथि प्रश्न उठाएका छन् ।

आचार्यले अविश्वास प्रस्तावको पक्षमा कांग्रेस र जसपाले आफूलाई साथ दिने दाबी समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर