महिला लिगमा उत्कृष्ट रक्षक पुलिसकी अम्रिता जैसी – Nepal Press

महिला लिगमा उत्कृष्ट रक्षक पुलिसकी अम्रिता जैसी

काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको राष्ट्रिय महिला लिगको उत्कृष्ट रक्षक नेपाल पुलिस क्बलकी अम्रिता जैसी घोषित भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा माघ ७ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको लिगमा नेपाल पुलिस तेस्रो बन्दा अम्रिता टोलीकी महत्त्वपूर्ड सदस्य रहेकी थिइन् ।

पुलिकास लागि समग्रमा लिग राम्रै भए पिन पहिलो चरणमा स्कोर गर्न नसक्दा टोलीले उपाधि होडबाट टाढा हुनु परेको उनले बताइन् ।

‘समग्रमा लिग राम्रै भयो । पहिलो राउण्डमा स्कोरिङ राम्रो भएन,’ उनले भनिन्, ‘राम्रो खेलेकी थिएँ, उत्कृष्ट रक्षक हुन्छु कि भन्ने लागेको पनि थियो ।’

लिगमा उत्कृष्ट रक्षक घोषित भएसँगै राष्ट्रिय टोलीमा स्थान बनाउन हौसला बढेको तर अझै मेहनत गर्नुपर्ने उनको भनाई थियो ।

जैसीले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर