राष्ट्रियसभा अध्यक्षसँग जापानका राजदूतले गरे बिदाई भेट (भिडियो) – Nepal Press

राष्ट्रियसभा अध्यक्षसँग जापानका राजदूतले गरे बिदाई भेट (भिडियो)

काठमाडौं । नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् ।

कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटेका हुन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहेको बताए । बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको तिमिल्सिनाको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले राजदूत साईगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा धन्यवादसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर