‘द सेक्रेट्स अफ राधा’ छायांकन सुरु : सौगात, सृष्टि, खगेन्द्र र मेनुका लिड रोलमा – Nepal Press

‘द सेक्रेट्स अफ राधा’ छायांकन सुरु : सौगात, सृष्टि, खगेन्द्र र मेनुका लिड रोलमा

काठमाडौं । सुवर्ण थापाको निर्देशन र सौगात मल्लको निर्माण रहने फिल्म ‘द सेक्रेट्स अफ राधा’को छायांकन चित्लाङमा सुरु भएको छ । दुई सातासम्म मकवानपुरको उक्त पर्यटकीय थलोमा फिल्म सुटिङ हुनेछ ।

३५ दिने सुटिङ तालिका निर्धारण गरिएको फिल्मको बाँकी छायांकन काठमाडौंमा हुने भएको छ । आगामी दशैं पछि फिल्म रिलिज गर्ने लक्ष्यसहित छायांकन सुरु गरिएको निर्देशक थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, खगेन्द्र लामिछाने लगायतको मुख्य भूमिका छ । यही फिल्ममार्फत सौगातले फिल्म निर्माणमा हात हालेका हुन् । फिल्म निर्माताको रुपमा रमाइलो अनुभव भैरहेको जानकारी सौगातले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर