इन्फ्रास्ट्रकचर बैंकको शेयर कारोबार यहि साताबाट हुने – Nepal Press

इन्फ्रास्ट्रकचर बैंकको शेयर कारोबार यहि साताबाट हुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को शेयर कारोबार यहि साताबाट आउने भएको छ । बैंकको शेयर सूचीकरणको सबै प्रकृया सकेर नेप्सेमा पुगेको छ ।

नेप्सेका अनुसार शेयर सूचीकरणका लागि आवश्यक कागाजपत्र बैंकले नेप्सेमा पुर्‍याइसकेको छ । ती कागाजात अध्ययन गरेपछि सूचीकरणका सम्झौता हुनेछ ।

यहि साता नेप्सेमा सूचीकरण गरिने नेप्सेले बताएको छ । नेफ्राको शेयर डिम्याट खातामा जम्मा भइसकेको छ । कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता आइपीओ विक्री खुलाएको थियो ।

बैंकको चुक्ता पूँजी १२ अर्ब रहेकोमा आईपीओ पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैया पुगेको छ । कम्पनीको अधिकतम पूँजी ४० अर्ब रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर