अझै शुरु भएन प्रदेश सभा बैठक, कार्यसूचीमै अलमल – Nepal Press
प्रदेश १

अझै शुरु भएन प्रदेश सभा बैठक, कार्यसूचीमै अलमल

विराटनगर । प्रदेश १ सभाको बैठक अनिश्चित तर्फ अघि बढेको छ ।आज अपरान्ह २ बजेको लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन्।

बैठकका लागि कार्य व्यवस्था समितिको बैठक साढे २ घण्टादेखि जारी छ ।सभामुखले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा ओली समुहले बैठक स्थगित गर्नु पर्ने अडान राखेको र प्रचण्ड माधव समुहले बैठक कुनैपनि हालतमा सुचारु गर्नु पर्ने अडान राखेपछि कार्य व्यवस्था समितिको बैठक लम्बिएको हो ।

प्रदेश सभाको आजको बैठकमा कुनै विजनेश नदिएकाले मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव प्रकृयामा लैजानु पर्ने वाध्यता छ ।यता ओली पक्षले भने आजको बैठक छलेर प्रस्ताव प्रेश हुन नदिने रणनीतिमा छ।

आजको बैठक छ्ल्न यसले कार्वाही गरिएका भनिएका प्रचण्ड माधव पक्ष १६ जनालाई प्रदेश सभा बैठकमा प्रवेश गर्न दिन नहुने अडान राखेको छ ।२ बजेका लागि डकिएको बैठकमा भाग लिन प्रदेश सभा सदस्यहरु आउने क्रम जारी छ ।

कार्यसूचीमै अलमल

प्रदेश १ प्रदेशसभाको आज बस्ने भनिएको बैठकको कार्यसूची के राख्ने भन्ने विषयमै अझै सहमति हुन सकेको छैन ।

कार्यसूची तय गर्न १२ बजेदेखि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अझै सहमति नभएको बताइएको छ ।

सरकारको तर्फबाट कार्य व्यवस्था समितिमा सहभागी आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गरेका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि बैठक लम्बिएको बताइएको छ ।

२ बजेका लागि बोलाइएको संसद वैठकका लागि प्रदेशसभा सदस्यहरु संसद भवन आइसकेका छन् ।

यसअघि प्रदेशसभा बैठकको अर्को मिति तय गर्ने विषयमा सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री राईबीच छलफल गरेर अगाडि बढ्ने सहमति गर्दै प्रदेश प्रमुखले पठाएको संसद अधिवेशन आव्हान सम्बन्धी पठाएको पत्र पढेर बैठक स्थगित भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर