कोभिड पीडित पत्रकारका लागि राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा – Nepal Press

कोभिड पीडित पत्रकारका लागि राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारका लागि राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रहसमेत गरे । ‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवी पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिनुहोस, तपाईहरुकै सुझावका आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ,’ आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने ।

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् । मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका हुन्।

मन्त्री गुरुङले पत्रकारले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि प्रष्ट्याए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर