ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो – Nepal Press

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । आईपीओ माघ २३ गते खुला भइ छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बन्द हुनेछ ।

बिक्री प्रबन्धक तथा बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार स्थानीयबासीका लागि बिक्री खुला गरी बिक्री नभएको १६ लाख ९६ हजार ४ सय कित्ता शेयर गरी कुल ३४ लाख ९६ हजार ४ सय कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ६९ हजार ९ सय २८ कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत सुरक्षित गरिएकोमा सम्पूर्ण शेयर बिक्री भएकाले बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

ग्रीनफाइफ हाइड्रोपावर २०७४ असारदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन २०६३ र विद्युत् ऐन २०४९ अन्तर्गत कामरकारोबार गर्दै आइरहेको छ ।

४० हजार किलोवाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ हजार किलोवाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ हजार किलोवाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ । शेयर निष्कासन भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर