एउटै सहकारी वैंकले पुग्दैन, अर्को दर्ता प्रक्रिया रोक्न कसैले सक्दैन– निधी – Nepal Press

एउटै सहकारी वैंकले पुग्दैन, अर्को दर्ता प्रक्रिया रोक्न कसैले सक्दैन– निधी

काठमाडौं । नेपाली काग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सहकारी बैक अपरिहार्य रहेको बताएका छन् । एउटामात्र सहकारी बैकले सहकारी क्षेत्र समेट्न नसकेको टीप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैक बनाउन सकिने निधीले बताए ।

प्रस्ताबित नेपाल सहकारी बैक लिमिटेडको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै नेता निधीले करिब एक हजार सदस्यता दर्ता भएको बैकलाई कुनैपनि हालतमा रोक्न नसक्ने बताए ।

उनले भने– यो बैक सबैको लागि आवश्यकता छ, तपाईहरु दर्ता प्रकृयामा जानुस कसैले रोक्न सक्दैन बैक स्थापना भएरै छाड्नेछ । राष्ट्रिय सहकारी बैकका सञ्चालकले नेपाल सहकारी बैक खोल्न दिन नहुने भन्दै आफुलाई सहयोग नगर्न आग्रह गरेको खुलासा समेत निधीले गरे ।

प्रस्ताबित नेपाल सहकारी बैक स्थापना गर्नुपर्ने कारणबारे औल्याउदै बैक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैकको ऐनमा सहकारी बैक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा पलब्ध गराउन नसक्नु, बिना धितो ठुलो रकम प्रवाह गर्नु, बैक सञ्चालनमा राजनीति हबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नया बैकको आवश्यकता महसुस गरी एक हजार भन्दा बढी सदस्य संस्थाको भेला आयोजना गर्नुपरेको बताए ।

उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैक दर्ता प्रकृया अघि बढाइएको जानकारी दिए ।

भेलामा पुर्वमन्त्री एवं नेपाली काग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा एउटामात्र सहकारी बैकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैक स्थापना गर्ने कामको शुरुवात गरेकोमा खुसी व्यक्त गरे ।

भेलामा पुर्व अर्थ राज्यमन्त्री एवं नेपालीका काग्रेसका नेता उदयशम्सेर राणा, पुर्वगभर्नर डा चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले अहिलेको अवस्थामा एउटामात्र सहकारी बैकले काम गर्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर