पाँच हजार घुस सहित प्राधिकरणका चार कर्मचारी पक्राउ – Nepal Press

पाँच हजार घुस सहित प्राधिकरणका चार कर्मचारी पक्राउ

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ५ स्थित एक पोल्ट्री फर्मबाट घुस रकमसहित प्राधिकरणका चार कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

नेपाल बिधुत प्राधिकरण सखुवा महेन्दनगर वितरण केन्द्रमा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र सेवा करार (दोस्रो तह) मनोहर कुमार महतोलाई अख्तियारको टोलीले आज पक्राउ गरेको हो ।

मिथिला नगरपालिका ५ स्थित रंजित महतोले संचालन गरेको पोल्ट्री फर्ममा नयाँ मिटर जडान गर्न ५ हजार घुस लिँदै गर्दा उनी चारैजना पक्राउ परेको अख्तियारले जनाएको छ । पक्राउ परेकालाई बर्दिबास कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरिएको अख्तियारका एक अधिकारीले जानाए ।

तीन दिनअगाडी मात्रै जनकपुर यातायात व्यवस्था कार्यालयका एक कार्यालय सहयोगी र एजेन्टलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर