दुईदिनमा सुनको भाउ ३१ सयले घट्यो , सोमबार सुन प्रतितोला ९२ हजार २०० – Nepal Press

दुईदिनमा सुनको भाउ ३१ सयले घट्यो , सोमबार सुन प्रतितोला ९२ हजार २००

काठमाडौं । विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपालमा पनि सुनको मूल्यमा कमी आएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुनको मूल्यमा ८०० ले कमी आउँदै छापावला सुन प्रति तोला ९२ हजार २०० कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रहेको छ ।

आइतबार एकैदिन सुन प्रतितोला २३०० रुपैयाँ घटेको थियो । आज चाँदीको भाउमा पनि सामान्य गिरावट आउँदै प्रतितोला १२३० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर