प्रचण्ड भारततिर, माधव नेपालको अध्यक्षतामा बैठक – Nepal Press

प्रचण्ड भारततिर, माधव नेपालको अध्यक्षतामा बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

प्रचण्ड सोमबार बिहान साढे ११ बजे दिल्ली प्रस्थान गरेका हुन् । यद्यपि सीताको उपचार भने मुम्बई हुनेछ । मुम्बई जान काठमाडौंबाट सिधा उडान नभएकाले उनी नयाँदिल्ली भएर जान लागेका हुन्।

पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट सीता लामो समयदेखि पीडित छिन्। उनको केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।

सीता एक्लै जान मानेको खण्डमा प्रचण्ड भारत नजाने उनको निजी सचिवालयले जनाएको थियो। दाहालले सकेसम्म श्रीमानसँगै जाने चाहाना राखेकाले प्रचण्ड पनि सँगै गएको बताइएको छ।

माधव नेपालको अध्यक्षतामा बैठक

पत्नीको उपचारका लागि प्रचण्ड दिल्ली जाने भएपछि आइतबारदेखि जारी प्रचण्ड–माधव पक्षीय स्थायी कमिटी बैठककाे  एकल अध्यक्षता अर्का अध्यक्ष माधवकुमार नेपालले गर्ने भएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले तत्कालै स्थानीय कमिटीमा खाली पदमा नेतृत्व व्यवस्थापन गर्ने विषयमा छलफल गरेको थियो।

बैठकमा पहिलो चरणको आन्दोलन र त्यसले पारेको प्रभावबारे पनि छलफल भएको थियो । बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टीमा विभाजन आएपश्चात स्थानीय तह र जिल्लाहरुमा के कस्तो अवस्था छ भन्नेबारे ‘रिपोर्टिङ’ गरेका थिए ।

दुईसम्म चलेको बैठकको निर्णयलाई आजको बैठकले औपचारिकता दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर