बूढानीलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल – Nepal Press

बूढानीलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ ।

बूढानीलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

करिव दुई दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका वडा नं  १२ बाट विजयी बनेकी थिइन् ।

समितिमा संयोजक ढकालसँगै वडा नं ४ का अध्यक्ष राजु खड्का, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर