प्रचण्ड–माधव पक्षको बैठक: ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव – Nepal Press

प्रचण्ड–माधव पक्षको बैठक: ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव

काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा औपचारिक रुपमा लगेको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भइरहेको बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश भएको हो । आजको बैठकको एजेण्डामा अनुशासनको कारबाहीपछिको नेतृत्व चयन पनि समावेश भएको छ ।

बैठकले ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ । पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले पार्टीको आन्तरिक समस्याका बारेमा बैठकलाई जानकारी गराउने कार्यसूची छ ।

बैठकमा कृष्णaहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि पेश भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर