एशियाकै पहिलो चुरियामाई सुरुङमार्गको पुनर्निर्माण शुरू – Nepal Press

एशियाकै पहिलो चुरियामाई सुरुङमार्गको पुनर्निर्माण शुरू

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ मा रहेको एशियाकै पहिलो सुरुङमार्ग पुनर्निर्माण थालिएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सुरुङ पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् । मुख्यमन्त्री पौडेलले पुरानो सुरुङमार्गको संरक्षण र सम्वर्द्धन आवश्यक रहेकोले प्रदेश सरकारले पुनर्निर्माण शुरू गरेको बताए ।

उनले भने, ‘पर्यटन प्रवर्द्धन र इतिहासका लागि यो सुरुङमार्गको संरक्षण गरिएको हो । चुरियामाई सुरुङमार्गलाई अध्ययन गर्ने स्थलका रूपमा समेत विकास गरिनेछ ।’

यो पनि पढनुहोस्:

आपूर्ति सहज गर्न १ सय ४ वर्षअघि निर्माण भएको सुरुङमार्ग ६२ वर्षदेखि बन्द थियो । आउँदो वैशाखमा पुनर्निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ ।

भूकम्पले भएको क्षतिको पुनर्निर्माण, टनेल मजबुत गर्ने र पहिरोले क्षति भएको भागलाई मर्मत गरिनेछ । हेटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा १ सय ४ वर्ष पहिलो चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाले १९७४ सालमा गरेका थिए ।

तराईबाट काठमाडौं उपत्यकामा आपूर्ति सहज बनाउन सो समयमा यातायात सहज बनाउन चन्द्रशमशेरको आदेशमा हेटौंडा-अमलेखगञ्ज सुरुङमार्ग बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर