सिधा कुराका प्रकाशक र सम्पादकलाई बयानका लागि झिकाउने सर्वोच्चको आदेश – Nepal Press

सिधा कुराका प्रकाशक र सम्पादकलाई बयानका लागि झिकाउने सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले सिधा कुरा डटकमका प्रकाशक र सम्पादकलाई बयानका लागि झिकाउने आदेश गरेको छ।

नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले वैशाख २० गते बिहान १० बजे आफूसँग भएका प्रमाणहरू लिएर आउन भनेको छ। साथै इजलासले सिधा कुराका सम्पादक र प्रकाशकविरुद्ध परेको रिट फौजदारी दायरीमा दर्ता गर्न पनि भनेको छ।

इजलासले चार सय बढी भ्रष्ट्राचार मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अप्रेसन शीर्षकको सामग्री तथा त्यसपछि शृंखलाबद्ध रूपमा प्रसारण गरी अपलोड गरिएका सोही विषयसँग सम्बन्धित पछिल्लो श्रव्य दृश्य सामाग्री आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो मुद्दाको अन्तिम निर्णय नभएसम्म उत्पादन प्रसारण पुन प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्न पनि भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर