भंगहा-जनकपुर-जयनगर रेलसेवा तीन दिनका लागि बन्द – Nepal Press

भंगहा-जनकपुर-जयनगर रेलसेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । भारतमा लोकसभा चुनाव हुने भएकाले भंगहा-जनकपुर-जयनगर रेलसेवा तीन दिनका लागि ठप्प हुने भएको छ ।

भारतको विहारमा पर्ने मधुवनी जिल्लाको मधुवनी संसदीय क्षेत्रमा २० मे २०२४ सोमबारका दिन लोकसभाको चुनाव हुन लागेको छ । चुनावकै लागि ७२ घण्टा बोर्डर सील गर्ने नेपाल–भारत पक्षबीच भएको सहमती अनुसार रेलसेवा बन्द हुनेछ ।

२०८१ जेष्ठ ५ गते शनिवारदेखि तीन दिन ०८१ जेष्ठ ७ गते सोमवारसम्म तीन दिनका लागि रेलसेवा बन्द हुने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले जानकारी दिए ।

उनका अनुसार जेष्ठ ८ गते मंगलवारदेखि नियमित रुपमा रेल सेवा सञ्चालनमा आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर