युगान्डाबाट काठमाडौं आएकी महिलाको पेटमा सवा केजी कोकिन – Nepal Press

युगान्डाबाट काठमाडौं आएकी महिलाको पेटमा सवा केजी कोकिन

काठमाडौं। युगान्डाबाट आएका दुई जना महिला सवा केजी कोकिनसहित पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उक्त लागु औषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन्। प्रहरीका अनुसार बैशाख ३० गते काठमाडौं ओर्लिएकी महिलाले पेटभित्र लुकाएर एक केजी २ सय ६० ग्राम कोकिन ल्याएकी थिइन्।

त्यसपछि पक्राउ परेकी अर्की युगान्डाकी नागरिकले चकलेटभित्र कोकिन मिसाएर ल्याएको पाइएको थियो। ती चकलेटमा एक केजी ३ सय ९४ ग्राम कोकिन बरामद भएको पाइएको छ। प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *