कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता हो : अर्जुन नरसिंह केसी (भिडिओ) – Nepal Press

कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता हो : अर्जुन नरसिंह केसी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यक भएको बताए ।

उनले संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भएपनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको बताए ।

उनले नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

उनले समानुपातिक निर्वाचन प्रणाली अस्थिरतामा आधारित प्रणाली रहेको भन्दै अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरुलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

यस्तो छ केसीको भनाइः

संसदीय व्यवस्था समावेशी व्यवस्था हो, सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था हो । तर हामीले स्थायित्व र स्थिरताका निम्ति जुन वर्तमान संविधान निर्माण गरेका छाैं अहिलेको निर्वाचनको १५ महिना भित्रमा केन्द्रित गठबन्धन तीन पटक परिवर्तन भएको छ । प्रधानमन्त्री एउटै भएपनि । प्रदेशमा कोशीमा ६ वटा मुख्यमन्त्री परिवर्तन भयो ।

हरेक प्रदेशमा तीन पटक भन्दा बढी सरकार परिवर्तन भएको छ । त्यसकारण नेपाली काँग्रेसले नै सबै पार्टीलाई संयोजन गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता हो ।

समानुपातिक जस्तो अस्थिरतामा आधारित प्रणाली र अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरुलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता छ । हेड अफ द आर्मी राष्ट्रपतिको रुपमा लिएर गएर निर्वाचित प्रधानमन्त्री अहिलेको स्थायित्वको प्रमुख बाटो हो ।

 


प्रतिक्रिया

One thought on “कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता हो : अर्जुन नरसिंह केसी (भिडिओ)

  1. पुर्ण समानुपातिक निर्बाचन प्रणाली र राष्ट्रपति वा प्रधानमन्त्री जे भए पनि प्रत्येक्ष निर्वाचित कार्यकारी भए पछि मात्र अहिलेकाे समस्या समाधान हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर