सदन खुलाउने छलफल सकारात्मक छ, गृहमन्त्रीलाई बोल्न दिने सहमति भइसकेको छैन : कांग्रेस – Nepal Press

सदन खुलाउने छलफल सकारात्मक छ, गृहमन्त्रीलाई बोल्न दिने सहमति भइसकेको छैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सदन खुलाउने बिषयमा सरकारसँग कुनै छलफल भइनसकेको बताएका छन् । ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि सहमति जुटाउने विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

उनले नेपाल प्रेससँग भने- ‘हामीले हाम्रो मागबाट व्याक भएका छैनौं । उहाँहरुले गृहमन्त्रीको नाम नजोडी छानबिन समिति बनाऔं भनिराख्नुभएको छ । अहिलेसम्म कुनै सहमति भएको छैन । छलफल भइरहेको छ ।’

उनले समितिको विषयमा कुनै सहमति नभइ गृहमन्त्रीलाई बोल्न दिने पक्षमा नरहेको बताए ।

त्यसो त कांग्रेसकी सचेतक सुशीला थिङले पनि सदन खुलाउने विषयमा छलफल भइरहेको बताइन् ।

कांग्रेस गृहमन्त्रीलाई सदनमा बोल्न दिन तयार भएको हो ? भन्ने जिज्ञासामा उनी भन्छिन्- अहिले हामी छलफलमा छौं । हामीले उठाएको माग सरकारले सम्बोधन गरे त सदनमा बोल्न पाइहाल्नुहुन्छ नि !’

तर, प्रधानमन्त्रीले गृहमन्त्रीलाई सदनमा बोल्न दिए त्यसपछि समिति बनाउने बिषयमा छलफल गरेर अघि बढ्ने सन्देश पठाएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर